6 years ago
October 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)-पर्यावरण संरक्षण र स्थानीय रानीकोट गढी प्रचारका लागि भक्तपुरको सूर्यबिनायकमा आयोजना भएको वाकाथन प्रतियोगितामा मुकुन्द पोखरेल प्रथम भएका छन् ।
सुर्यविनायक नगरपालिका वडा नम्बर सातको कार्यालयबाट सुरु भएको वाकाथन प्रतियोगिता खहरे चोक, ठुलो खोला, पिपलडाँडा, घ्याम्पे डाँडा हुँदै रानीकोट पुगेर सकिएको थियो ।
सांसद महेश बस्नेतले उद्घाटन गरेको दौडमा सात किलोमिटरको दूरी ४७ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गुण्डूका मुकुन्द पोखरेल पहिलो भए । स्थानीय समाजसेवी समूह तथा मान्द्रो परिवारको आयोजना, रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहयोग तथा सेन्चुरी बैंकको प्रायोजनमा आयोजना भएको वकाथनमा स्थानीय विराज तामाङ दोस्रो र विक्रम केसी तेस्रो भए ।
सो दूरी विराजले ५० मिनेट २९ सेकेण्डमा पूरा गरेका थिए । तेस्रो भएका विक्रमले ५१ मिनेट २१ सेकेण्ड लगाए । ५३ मिनेट२४ सेकेण्डमा दूरी पूरा गरेका मधु खड्का चौथो तथा ५६ मिनेट ५४ मिनेटमा दूरी पूरा गरेका कृष्ण प्रसाद वाग्ले पाँचौं स्थानमा आए ।
वकाथनमा सुरेश बस्नेत छैटौं, विक्रम बस्नेत सातौं, कुमार तामाङ आठौं, महेश्वर गौतम नवौं र प्रमोद देउजा दशौं भए । ५० जनाभन्दा बढीले सहभागिता जनाएका थिए । भक्तपुरको ग्रामिण क्षेत्रमा पर्ने र पर्यटकीय क्षेत्र घ्याम्पेडाँडाको काखैमा रहेको गुन्डुका बासिन्दाले पर्यावरण तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि गरेको कार्यक्रममा ५० जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]