default_image

6 years ago

November 1, 2019

कबड्डीको प्रशिक्षण भारतमा

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारतको कोलापुरमा हुने भएको छ । त्यसका लागि शुक्रबार कोलापुर प्रस्थान गरेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गज्मेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारु रहेका छन् । महिलामा कोशमाया बस्नेत, मेणुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बढु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारु छन् ।

पाँच प्रशिक्षकमा कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरु, विष्णु दत्त भट्ट र पार्वती राई छन् । दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति रहेका छन् ।

सागका लागि खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ । हाल प्रशिक्षणका लागि समान १६–१६ पुरुष÷महिला खेलाडी भारत गएकोमा दुवैतर्फ समान १२–१२ खेलाडीको अन्तिम छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन् । भारतमा रहँदा टोलीले ५ अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ । प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्ने छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.