6 years ago
November 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दुई खेलाडी सुस्मिता नेपाल र कल्पना परियारले कतारमा आयोजना हुन लागेको १४औं एसियन सुटिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।
तीन सदस्यीय नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । टोकियो ओलम्पिक २०२० को छनोटको रुपमा रहेको च्याम्पियनसिपमा नेपालका सुस्मिता नेपाल र कल्पना परियारले १० मिटर एयर राइफलमा आफ्नो चुनौती पेश गर्नेछिन् । दुवै खेलाडी १३औं सागका लागि सुटिङबाट राष्ट्रिय टोलीमा छन् ।
एसियन सुटिङ च्याम्पियनसिप ३ देखि ११ नोभेम्वरमा कतारको दोहामा आयोजना हुदैछ । सुस्मिता र कल्पनाले ५ नोभेम्वरमा प्रतिस्पर्धा गर्नेछिन् । टिम प्रशिक्षक र व्यवस्थापकमा प्रदीप खाती छन् ।
च्याम्पियनसिपका लागि कतार जाने तीन सदस्सीय नेपाली टिमलाई राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, राष्ट्रिय टिम तयारीका संयोजक रिम रानाभाटलगायतले बिदाई गरे । टोली ७ नोभेम्वरमा स्वदेश फर्कनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]