default_image

6 years ago

November 9, 2019

१४ औं साग आयोजनाको जिम्मेवारी सशर्त पाकिस्तानलाई !

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १४ औं सस्करणको आयोजना सशर्त पाकिस्तानलाई दिइएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को शनिबार राजधानीमा बसेको बैठकले पाकिस्तानलाई सन् २०२१ मा साग आयोजनाको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

एसएओसीको बैठकको अध्यक्षता गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अंग्रेजी वर्णानुक्रमका आधारमा पाकिस्ताननले अर्को संस्करण आयोजनाको जिम्मेवारी पाउने बताए । एसएओसीको विधानको व्यवस्था त्यस्तो भएपनि पाकिस्तानले साग गर्न नसक्ने वा नगर्ने अवस्थामा श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा आयोजना गर्ने प्रस्ताव पेश गरेका थिए ।

 

अबको छ महिना भित्र पाकिस्तानले साग आयोजनाका लागि आश्वस्त पार्न सकेको खण्डमा पाकिस्तानले नै जिम्मेवारी पाउनेछ । यदि पाकिस्तानमा हुने अवस्था नभए र गर्न तयार नभए श्रीलंका र माल्दिभ्सलाई १४ औं साग आयोजनाको जिम्मेवारी दिइने श्रेष्ठले जानकारी दिए । यसअघि पाकिस्तानले चौथो र नवौं संस्करण आयोजना गरेको थियो । अहिले सम्म माल्दिभ्स र भुटानले साग आयोजना गरेका छैनन् ।

अर्को महिना नेपालमा आयोजना हुने १३ औं सागको तयारीको अवस्था जानकारी दिन आयोजित एसएओसीको बैठकमा अर्को संस्करण आयोजकको छलफल भएको थियो । भौतिक पूर्वधारको निर्माण सम्पन्न भइनसके पनि नेपालले तोकिएको मिति मंसिर १५ देखि २४ गतेका लागि तय १३ औं साग गराइन छाड्ने प्रतिबद्धता एसएओसीका प्रतिनिधि सामू गरेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.