default_image

6 years ago

November 13, 2019

साग लक्षित मिडिया वर्कसप सम्पन्न

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मसिंर तेस्रो सातादेखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) लक्षित मिडिया वर्कसप बुधबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्कसप दुई दिनसम्म चलेको थियो ।

आसन्न साग खेलकुदको रिपोर्टिङलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । वर्कसपको दोस्रो दिन बुधबार फिचर लेखनबाट खेल पत्रकार हिमेशरत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए । एन्टी डोपिङको बिषयमा सरोजकृष्ण श्रेष्ठ, ओलम्पिक भूमिकाबारे सुजनलाल श्रेष्ठ, ठुला खेल उत्सवको रिपोर्टिङबारे सबानायकन, पत्रकारिताको सिद्वान्त र खेल रिपोर्टिङबारे ऋषिकेश दाहाल र पत्रकारितामा कपी राईटबारे आरके रेग्मीले प्रशिक्षण प्रदान गरेका थिए ।

आसन्न साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुदैछ । सोही प्रतियोगिताको रिपोर्टिङ र समाचार लेखनलाई प्रभावकारी बनाउने उद्वेश्यले वर्कसपको आयोजना गरिएको हो । वर्कसपमा देशभरका १३ जिल्लाबाट करिब १ सय ४० प्रशिक्षार्थी सहभागी थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.