default_image

6 years ago

December 21, 2019

सागका पदक विजेता सम्मानित

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् ।

पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ  स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका पूर्वखेलाडी आरकेले स्वर्ण विजेता संगीता र विनोदलाई समान २५ हजार रुपैयाँ नगदसहितले सम्मान गरेका हुन् ।

आरकेका धर्मपत्नी शारदा प्रजापति र आइकेकेएफ कराते संघका उपाध्यक्ष राजीव महर्जनलगायतले खेलाडीलाई दोशल्ला ओढाएर सम्मानित गरे । प्रजापतिले १३औं सागमा पदक विजेतालाई नगद प्रदान गरेकी थिइन् । सोही अवसरमा निकेशलाई रोयल स्पोर्ट्स एकेडेमीले नगद ८ हजार रुपैयाँसहित सम्मानित गरेको थियो । तेक्वान्दोकी संगीताले फाइटतर्फ ६२ केजीतौलसमूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

निकेशले १३औं सागमा बास्केटबलको थ्री बाई थ्रीमा रजत दिलाएका थिए भने विनोदले फाइभ बाई फाइभमा कांस्य पदक जितेका थिए । आरकेले पूर्वखेलाडी भएकाले देशका लागि सदैव पसिना बगाउने खेलाडीलाई सम्मान गर्न पाउँदा गर्विलो महसुस हुने बताए । आरकेले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि नेपाली खेलाडीलाई सम्मान गर्दै पनि आइरहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.