default_image

5 years ago

December 31, 2019

मेस्सी र रोनाल्डोको प्रभुत्वपछि….

84 views

0 Bookmark

एजेन्सी –  आधुनिक फुटबलका दुई महारथी अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीचको प्रभुत्वको युग अन्त्य हुने संघारमा छ । रोनाल्डो ३४ तथा मेस्सीले ३२ वर्ष नाघिसकेका छन् । त्यसैले यि दुईबीचको अविश्वनीय प्रतिस्पर्धाको युग अन्त्यको संघारमा रहेको बुझ्न सकिन्छ ।

दुवै अहिले व्यवसायिक फुटबलमा उत्तरार्धको संघारमछन् । रोनाल्डो इटालियन क्लब युभेन्ट्स र मेस्सी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । पछिल्लो एक दशक आधुनिक फुटबलमा एकछत्र राज गरेका थिए । २००८ देखि फिफा बालोन डि’ओरको १२ संस्करण मध्ये ११ संस्करणको अवार्ड यि दुई खेलाडीले जित्नुले पनि उनीहरुको राज रहेको प्रस्टै बुझ्न सकिन्छ ।

मेस्सीले सर्वाधिक छैटौंपटक तथा रोनाल्डोले पाँचपटक फिफा बालोन डि’ओरको अवार्ड जितेका छन् । यि दुईबीच को उत्कृष्ट भन्नेमा फुटबल पण्डित र समर्थकबीच अझै मतभेद छ । कसैले रोनाल्डोलाई तथा कसैले मेस्सीले आधुनिक फुटबलको महारथी रहेको संज्ञा दिइरहेका छन् ।

यो अवधिमा मेस्सीले ३६८ तथा रोनाल्डोले ३३४ गोल गरेका छन् । उनीहरु भन्दा लुइस सुआरेज (२३३) गोल धेरै पछि छन् ।

मेस्सी र रोनाल्डोबीचको प्रभुत्वको अन्त्यपछि को–कोबीच प्रतिस्पर्धा हुने आँकलन गरिन थालिएको छ । उनीहरु अब खतरामा छन् । अझ भन्नुपर्दा उनीहरुलाई पछि पार्न सक्ने युवा प्रतिभाहरु जन्मिसकेका छन् । यी दुइको प्रभुत्व तोड्दै बालोन डि’ओर अवार्ड जित्न सक्षम देखिसकेका छन् ।

नेदरल्यान्ड तथा इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकले अवार्ड जितिसकेका छन् । फ्रान्स तथा पीएसजीका युवा फरवार्ड केलियन एमबाप्पे र पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका जोआओ फेलिक्सबीच अबको दशकमा बालोन डि’ओरको लागि प्रतिस्पर्धा हुने आाँकलन गरिएको छ ।

२० वर्षे फ्रान्सका केलियन एमबाप्पेलाई अबको सम्भावित स्टारको रुपमा हेरिएको छ । २०१७ मा एमबाप्पेकै उच्च प्रदर्शनमा मोनाकोले फ्रेन्च लिगको उपाधि तथा मोनाकोलाई च्याम्पियन्स लिगको सेमिफाइन्लसम्मको यात्रा तय गराएको थियो । अर्काे सिजन फ्रेन्च लिग वान प्रतिद्धन्द्धी पीएसजीले लोनमा तथा अर्काे वर्ष कीर्तिमानी १ सय ६६ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको थियो ।

यिनै एमबाप्पेको उच्च प्रदर्शनमा फ्रान्सले २०१८ को विश्वकपको उपाधि जित्न सफल भएको थियो । उनले फाइनलसहित कुल ४ गोल गर्न सफल भएका थिए । यही युवा प्रतिभा एमबाप्पेलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल मड्रिडले विश्व कीर्तिमानी मुल्यमा अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । उनलाई आफ्ना लेजेन्ड रोनाल्डोले जस्तै रियललाई माथिल्लो स्तरमा लैजान सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिकोको युवा स्टारलाई एमबाप्पेसँगै अबको दशक राज गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ । बेन्फिकामा उच्च प्रदर्शन गरेपछि उनलाई मड्रिडले कीर्तिमानी १ सय १४ मिलियन पाउन्डमा अनुबन्ध गरेका थिए । एन्टोइन ग्रिजमनले क्लब छाडेपछि उनलाई ग्रिजमनको स्थानमा अनुबन्ध गरेको थियो । फेलिक्सभन्दा अघि नेयमार, एमबाप्पे र फिलिपे कोउटिन्हो बढी मुल्यमा छन् ।

एमबाप्पेसँग समान उमेर रहेका फेलिक्सलाई रोनाल्डोसँग तुलना गरिएपनि त्यो भन्दा अघि नै ब्राजिली लेजेन्ड काकासँग तुलना गरिएको थियो । मड्रिडमा भने फेलिक्सले औसत शुरुवात गरेका छन् । एट्लेटिकोमा औसत शुरुवात गरेपनि फेलिक्सको समय अवश्य आउने छ । त्यसैले पनि अवको दशकमा यि दुईबीच नै बढी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यि बाहेक अन्य खेलाडीहरु पनि अबको दशकमा राज गर्न सक्ने खेलाडीको रुपमा उभिएको छ ।

बार्सिलोनाका अन्सु फाती पनि अर्काे उदीयमान नाम हो । १७ वर्षे विंगर फातीले बार्सिलोनाको सिनियर टिममा १२ खेलमा तीन गोल गर्दै आफ्नो प्रतिभा देखाइसकेका छन् । इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाडोन सान्चो पनि उत्कृष्ट युवा प्रतिभा हुन् । मार्काेस रासफोर्डले पनि लिगमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । फ्रान्की डि जोङ र म्याथ्थिज डि लेग्टले पनि एमबाप्पे र फेलिक्सलाई दवाव दिन सक्नेछन् ।

भविष्यमा के हुनेछ केही भन्न सकिदैन तर, अबको दशकमा यिनै खेलाडीहरुबीच नै बालोन डि’ओर अवार्डको लागि मुख्य प्रतिस्पर्धा हुनेछ ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.