6 years ago
December 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा दोस्रो जित निकालेको छ ।

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । पहिलो खेलमा पोर्ट्स क्लब हक्सलाई ३–० को सोझो सेटमा पराजित गरेको गुडिसले दोस्रो खेलमा दिहेवी सिफेंगे क्लबसँग २५–१७, २५–१९ र २५–२१ को सोझो सेटमा पराजित भएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट गुडिसले २४–२४ ले गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेटमा २५–२० को जित निकाल्दै खेलमा २–१ को अग्रता लिन सफल भयो । चौथो सेट पनि २५–१७ ले आफ्नो पक्षमा पार्दै खेल गुडिसले ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अब गुडिसले आइतबार स्पोर्ट्स क्लब सिटीसँग प्रतिस्पर्धा गर्दैछ । मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए । माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]