6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) देखि छैटौं चरणको खेलहरु सुरु हुँदैछ । छैटौं चरणको पहिलो दिन दुई खेल हुनेछ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे सानमिगेल मछिन्द्र क्लब र प्रभु जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र यति हिमालयन शेर्पाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित रहेको मछिन्द्र र जावलाखेलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
लिग जित्ने योजना बनाएको मछिन्द्रलाई उपाधि जित्ने सम्भवना जीवितै राख्न जावलाखेललाई पराजित गर्नुपर्ने हुन्छ । बराबरीमा रोकिएको अवस्थामा उपाधि यात्रा कमजोर बन्नेछ । हारले भने उपाधि यात्रामा मछिन्द्रको पकड गुम्नेछ । लिगको पाँचौ चरणको खेल सकिदा मछिन्द्रले ३ जित र २ बराबरीको नतिजासहित १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मछिन्द्रको एक अंक घटाइएको छ ।

जावलाखेलविरुद्ध मछिन्द्रले आफ्ना तीन खेलाडी गुमाउने छ । गत सोमबार मनाङविरुद्वको खेल सकिए लगत्तै विवादमा उत्रिएका स्ट्राइकर दीपक राई, डिफेन्डर देवेन्द्र तामाङ र विजय धिमाललाई कारबाहीमा छन् । तीनै खेलाडीले लिगको दुई खेल गुमाउनेछन् । मुख्य खेलाडी कारबाहीमा पर्दा जावलाखेलविरुद्व मछिन्द्र दबाबमा हुनेछ । तर, मछिन्द्र निश्चित जितको लागि मैदानमा उत्रनेछ ।
यता लिगमा अपराजित रहेको जावलाखेल तीन मुख्य खेलाडी प्रतिबन्धमा रहेको फाइदा उठाउदै मछिन्द्रलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । लिगमा अपराजित रहेको जावलाखेल २ जित र ३ बराबरीको नतिजासहित ९ जोडेर पाचौं स्थानमा छ ।
मनाङलाई शेर्पाको चुनौती

यसै सिजन महत्वपूर्ण खेलाडीले टिम छाडेपछि दबाबमा रहेको मनाङ फेरी अर्काे समस्यासँग गुज्रिएको छ । गत सोमबार मछिन्द्रविरुद्व विवादमा उत्रिएपछि तीन खेलाडी प्रतिबन्धमा छन् । मनाङका मिडफिल्डर जगजित श्रेष्ठलाई पाँच, दोस्रो रोजाईका गोलरक्षक अशोक बराललाई ६ र रन्जन विष्टलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।
दोहोरो पहेंलो कार्डको कारण डिफेन्डर आदित्य चौधरीले शेर्पाविरुद्वको खेल गुमाउने छन् । यही समस्या झेलिरहेको मनाङले आज (शनिबार) यति हिमायनल शेर्पा क्लबको सामना गर्दैछ । औसत टोली बनाएर पनि उच्च प्रदर्शन गरिरहेको मनाङ शेर्पालाई पराजित गर्दै शीर्ष स्थानमा फर्कने दाउमा हुनेछ । लिगमा ३ जित र २ जितसहित ११ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ ।
यता, समस्यासँग जुधिरहेको मनाङलाई रोक्ने लक्ष्यमा शेर्पा हुनेछ । अघिल्लो खेल गुमाएका निरज बस्नेत र आशिष गुरुङ मनाङविरुद्ध मैदान उत्रनेछन् । लिगमा जित निकाल्न नसकेको शेर्पाले ३ बराबरी र २ हारसहित ३ अंक जोडेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]