default_image

6 years ago

January 12, 2020

थ्री स्टार र फ्रेन्ड्सको भिडन्त

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) देखि छैटौं चरणको खेल अन्तर्गत दोस्रो दिन दुई खेल हुनेछ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे एनआइविएल फ्रेन्ड्स क्लब र रुस्लान थ्री स्टार तथा दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

ललितपुर डर्बीमा रुस्लान थ्री स्टार फ्रेन्ड्सलाई पराजित गर्दै उपाधि दावेदारितालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । थ्री स्टार लिगमा चौथो जितको खोजीमा हुनेछ । सुरुवाती खेलमा जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएको थ्री स्टार दोस्रो र तेस्रो खेलमा जित निकाल्दा चौथो खेलमा आर्मीसँग पराजित भएको थियो । पाँचौ चरणमा बीबीसीलाई पराजित गर्दै विजयी लयमा फर्किएको थ्री स्टार सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

स्टार खेलाडीविनै लिग खेलिरहेको थ्री स्टारसँग राष्ट्रिय टोलीका बिक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङको साथ छ । अनुभवी रुपेश केसी र प्रविन सैंजुको पनि साथ छ । यु–१९ का शिव सुवेदीको आगमनले टोलीको मनोवल बढेको छ ।

फ्रेन्ड्सलाई पराजित गर्न सके थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लने अवसर छ । थ्री स्टारको ५ खेलबाट १० अंक छ । शीर्षस्थानको मछिन्द्रको ६ खेलबाट १३ अंक छ । १२ अंक जोडेको आर्मी र मनाङ दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

यता, रेलिगेसन वरपर रहेको फ्रेण्ड्स रेलिगेसन क्षेत्र छोड्नको लागि जित आवश्यक छ । त्यसैले फ्रेन्ड्स थ्री स्टारविरुद्ध अंक खोस्ने दाउमा हुनेछ । लिगमा २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३औं स्थानमा छ । फ्रेन्ड्सले बलियो मनाङलाई १–१ गोलको बराबरीमा रोक्दा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको थियो ।
दिनको दोस्रो खेलमा सरस्वती र बीबीसीबीच खेल हुनेछ ।

सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । लिगको छैटौ चरणको खेल जारी रहँदा सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । रेलिगेसन क्षेत्र छोड्न सरस्वतीलाई निश्चित जित आवश्यक छ । राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा उत्रनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.