6 years ago
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (आइतबार) १०औं राउन्डको दोस्रो दुई खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा यति हिमालयन शेर्पा र संकटा क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।
उपाधिको प्रवल दावेदार आर्मी विभागीय डर्वीमा पुलिसलाई पराजित गर्दै लिगको शीर्षस्थानमा पूनरागमन गर्ने लक्ष्यमा हुनेछ । आर्मी र पुलिसबीचको खेल प्रतिष्ठाको लडाई समेत हुनेछ ।
उपाधि यात्रालाई जीवितै राख्न आर्मीलाई पुलिसविरुद्ध जित निकाल्न आवश्यक छ । बराबरी या हारले आर्मीको उपाधि यात्रा झिनो बन्ने छ । यस हिसावले खेल आर्मीलाई फाइनल सरह नै छ ।
आर्मीसँग भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ, दिनेश हेन्जन, सेसेहाङ आङदेम्वे, विकेश कुथु, सुमन अर्याल र विकास खवास जस्ता खेलाडीको साथ छ ।
आर्मी २० अंकसहित दोस्रो स्थानमा छ । १० खेल खेलेको शीर्षस्थानको मछिन्द्रको २२ अंक छ ।
यता, पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको पुलिस आर्मीलाई पराजित गर्दै सुपर सिक्सको यात्रालाई बलियो बनाउने दाउमा हुनेछ । १४ अंक जोडेको पुलिस छैटौं स्थानमा छ ।
सरस्वती युथ क्लबसँग अप्रत्यासित हारले रेलिगेसन खतरामा रहेको शेर्पा संकटालाई हराउदै रेलिगेसनबाट बच्ने दाउमा हुनेछ ।
शेर्पा ७ अंकसहित १२औं स्थानमा तथा संकटा १२ अंक जोडेर आठौं स्थानमा छ । यता, संकटा पनि शेर्पालाई पराजित गर्दै सुपर सिक्सको यात्रामा उभिने दाउमा हुनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]