default_image

6 years ago

February 3, 2020

मनाङलाई च्यासलको चुनौती

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (सोमबार) दशौं राउन्डको तेस्रो दिन दुई खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने दिनको पहिलो खेलमा यति प्रभु जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच बिहान ११ः३० बजे तथा अर्काे खेलमा लिगमा अपराजित रहेको मनाङ–मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।
लिगमा अपराजित रहेको एक्लो टोली मनाङ च्यासललाई पराजित गर्दै अपराजित रहँदै उपाधि यात्रा जीवितै राख्न चहान्छ । अपराजित मनाङ ९ खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । च्यासल ९ खेलबाटै ९ अंक जोडेर १०औं स्थानमा छ ।

पुराना स्टार खेलाडीले क्लब छाडेपनि युवा टोलीले मनाङलाई लिगको नवौं चरणसम्म अपराजित राख्न सफल भएको छ । जसमा ५ जित र ४ बराबरीको नतिजा छ । मनाङ च्यासललाई पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । बराबरी या हारले मनाङको उपाधि सम्भावना झिनो बन्नेछ । त्यसैले मनाङ च्यासलविरुद्ध ३ अंककै लागि खेल्नेछ ।

मनाङसँग अन्जन विष्ट, रन्जन विष्ट, कमल श्रेष्ठ, बिमल राना, फेमी जोसवा, दयानन्द सिंह, लुइस भिडाल, दीप कार्की, पुजन उपरकोटी र निशान लिम्बुको साथ छ । यता, च्यासल पनि मनाङलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुई खेलमा दमदार शुरुवात गरेपनि त्यसपछि लय गुमाएको च्यासल मनाङलाई हराउदै लय पक्रने दाउमा हुनेछ ।

राष्ट्रिय टोलीका पुर्व फरवार्ड सन्तोष साहुखल चल्न सके च्यासलले नतिजा आफ्नो पक्षमा पार्न सक्नेछ । च्यासलसँग सन्तोषसँगै एलन न्यौपाने, हेमन्त थापामगर, सुनिल बल, नितिन थापा, अमिर श्रेष्ठ र सुनिल खड्कासँगै दुई जापानी खेलाडी टाइगा नाकामुरा र हायतो वाकिनोको साथ छ ।

दिनको पहिलो खेलमा जावलाखेल र बीबीसीबीच प्रतिस्पर्धा हुदैछ । रेलिगेसनबाट बिबिसी पूर्ण रुपमा सुरक्षित नभएको अवस्थामा खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । जावालखेल बीबीसीलाई पराजित गर्दै शीर्ष ६ को सम्भावनालाई जीवित राख्ने दाउमा रहँदा बीबीसी जावलाखेललाई हराउदै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । जावलाखेल १२ अंकसहित आठौं तथा ८ अंक जोडेको ११औं स्थानमा छ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.