6 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा छैटौं संस्करणको एजे भलिबल कप अन्तरविद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ ।

भक्तपुर सूर्यवनायकस्थित एजे स्कुलको कोर्टमा प्रतियोगिता फागुन २ गतेबाट हुने विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले जानकारी गराए । प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छ ।
प्रतियोगितामा छात्र र छात्रामा ३२ भन्दा बढी टिमको सहभागिता रहने छ । भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेसँगै खेलको प्रवद्र्धनमा सहयोग पु¥याउन विद्यालयले नियमित रुपमा भलिबलको प्रशिक्षण तथा प्रतियोगिता गरिँदै आएको जानकारी दिए ।
नयाँ पुस्तालाई भलिबल खेलप्रति आकर्षित गर्न, शारिरीक र मानसिक तन्दुरुस्तका साथै दूव्र्यसनबाट टाढा राख्न प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक एवं भलिबलका राष्ट्रिय रेफ्री रुकेश शाहीले जानकारी गराए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था गरिएको छ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, प्लेयर अफ दि सिरिज पनि पुरस्कृत हुनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]