default_image

6 years ago

February 14, 2020

एनएनआइपिए र एभरेष्टबीच ५ वर्षे सम्झौता

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाबीच शुक्रबार ५ वर्षे सम्झौता भएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले ब्यक्तिगत रुपमा संस्थामार्फत खेलाडी संघलाई बार्षिक १ लाख प्रदान गर्ने जनाईएको छ । सम्झौता हाललाई ५ बर्षका लागि रहेको छ ।

संघको बार्षिक कार्यक्रम अनुरुप यहि फागुन ६ गते बसन्तपुरमा आयोजना हुन लागेको एनएनपिए स्पोर्टस् अवार्डमा प्रतिभावान २ खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि सम्झौता भएको हो । पहिलोपटक सम्मिलित गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी प्रत्येकले नगद ५० हजार प्राप्त गर्ने छन् ।

सम्झौता पश्चात एभरेष्ट वल्र्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको लागि रगत पसिना बगाउने खेलाडीहरुको सम्मानका लागि सहयोग गर्न पाउनु ठुलो गौरवको कुरा रहेको बताए । यस्तै खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफु खेलाडी जीवन ब्यतित गर्दै खेलाडीहरुको हक हितमा लागेका कार्कीले बिदेशमा रहेर पनि खेलाडीहरुको हक हित र सहयोगमा पु¥याउनु भएको योगदानको कदर गर्दै कार्की प्रति कृतज्ञता ब्यक्त गरे ।

२०७५ मा इन्डोनेसियामा सम्पन्न १८औं एशियाली खेलकुदमा सहभागी खेलहरुलाई आधार मानी ती खेलबाट २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक/एक जना खेलाडीहरु मध्येबाटनै एक महिला र एक पुरुष प्रतिभावान खेलाडी छनौट गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.