6 years ago
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा १४ औं संस्करणको एनएनआइपिए स्पोट्र्स अवार्ड २०७५ मंगलबार आयोजना हुँदैछ । काठमाडौं महानगरपालिकाको सह आयोजनामा हुने अवार्ड बसन्तपुर डबलीमा हुनेछ । एनआईपिएले सबै तयारी पूरा भएको जनाएको छ ।

अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शन आधार उत्कृष्ट खेलाडी छनोट गरिएको एनएनआईपिएले जनाएको छ । एसियन खेलकुदमा नेपालले विभिन्न २८ खेल भाग लिएको थियो । हरेक खेलबाट १ जना उत्कृष्ट छनोट हुनेछन् । उनीहरुले समान १० हजार रुपैया पाउनेछ ।
एनएनआइपिएले यसपटकदेखि पारा खेलकुदतर्फ पनि एक जना छनोट गरि अवार्ड प्रदान गर्नेछ । पारा खेलकुदको उत्कृष्ट खेलाडीले पनि १० हजार रुपैया पाउनेछन् । यस्तै अवार्ड कार्यक्रममा विगतको जस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेल व्यत्तित्व निरन्तरता पाउने बताइएको छ ।
आदर्श खेलाडीबाट सम्मानति हुने खेलाडीले ३५ हजार रुपैयाँ हात पार्नेछन् । एक जना खेलपत्रकार २५ हजार रुपैयासहित पुरस्कृत हुनेछन् । गतवर्षदेखि शुरु भएको उत्कृष्ट खेलाडीहरु मध्येबाट सर्वोत्कृष्ट १–१ महिला र पुरुष घोषित गर्दै समान १ लाख रुपैयाँ प्रदान गरिने एनएनआईपिएलले यसअघि नै जानकारी गराइसकेको छ ।
गतवर्ष यो पुरस्कारको प्रायोजन जनता बैंकले गरेको थियो ।यसपटक जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपनि सो पुरस्कार निरन्तर दिएको छ । त्यस्तै उत्कृष्ट मध्येबाट एक महिला र एक पुरुष खेलाडी प्रतिभावान खेलाडी पनि घोषित हुन्छन् । उनीहरुले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
एनएनआइपिए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास छन् । त्यस्तै सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फका खेलाडी उत्कृष्ट घोषित हुँदै सम्मानित हुनेछन् ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]