default_image

6 years ago

March 5, 2020

पहिलो हाफ त्रिभुवन आर्मी र माइभ्यालीको बराबरी

174 views

0 Bookmark

दिपक बोहोरा, इलाम

इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको दोश्रो सेमिफाइनलको पहिलो हाफमा नेपाल आर्मी र आयोजक माइभ्याली फुटबल क्लबबीचको खेल १–१ बराबरी टुंगिएको छ ।

खेलको ३३ औं मिनेटमा आर्मीका गोल किपर बिबश चौधरी बल नियन्त्रको लागि अगाडि बढेका अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डि एरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई फाउल गरे पछि पाएको फ्रि किकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो ।

१७ औं मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका बिकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका गोर किपर बिबस चौधरीले उत्कृष्ट पञ्च गरि गोल हुन बचाए । फाइनल प्रवेश लागि भइ रहेको सेमिफाइनल खेलको विजेता मछिन्द्र क्लब संग फाइनल खेल्ने छ ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.