6 years ago
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ च्याम्पियन बन्न सफल भएको हो ।

आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल र्याफ्टिङ एण्ड क्यानोईङ संघको आयोजना तथा सिन्धु पर्यटन ब्यवसायी संघको सहयोगमा तीन दिन सम्म सञ्चालित प्रतियोगितामा क्याप्टेन सुरज गुरुङ, खेलाडीहरु सविन गुरुङ, दिपेश गुरुङ, शक्ति गुरुङ र रवि मिया सम्मिलित नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ टिमले स्प्रिन्टमा प्रथम भई १०० अंक, हेड टु हेड विधामा प्रथम भई २०० अंक, स्लालम विधामा प्रथम भई ३५० अंक तथा डाउन रिभर रेश विधामा तेश्रो भई ३०१ अंक ल्याई कुल ९५१ अंकका साथ प्रथम स्थान हात पारेको हो ।

प्रतियोगीतामा काठमाडौंको नेपाल कायक क्लब स्प्रिन्ट र हेड टु हेड विधामा दोश्रो, स्लालम विधामा चौथो तथा डाउन रिभर रेश विधामा पहिलो भई क्रमशः ९२, १८४, २८७ तथा ३५० अंंक गरि कुल ९१३ अंंकका साथ दोश्रो भयो ।

कुल ८७६ अंक प्राप्त गरेको कास्कीको प्याडल नेपाल टिम तेश्रो भयो । टिममा ५ खेलाडी रहने र्याफ्टिङ खेलमा प्रथम हुने नेपाल र्याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले ४० हजार रुपैया हात पार्यो । दोश्रो भएको कायकले २५ हजार तथा तेस्रो भएको प्याडल नेपालले १५ हजार रुपैया हात पारे ।

यस्तै आठौं राष्टिय कायक स्लालम प्रतियोगितामा चितवनका मोहन राना ११४.१० अंकका साथ प्रथम भए । रानाले १५ हजा पाए । ११९.६७ अंक जोड्दै दोश्रो भएका उदयपुरका डम्बर बहादुर पुर्वाछानेले १० हजार पाए । तेश्रो स्थानमा धादिडका रन्जन कडेल रहे । उनले १२१.५२ अंक प्राप्त गरे । कँडेलले ५ हजार पाए । आठौं राष्टिय कायक स्लालम प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]