default_image

6 years ago

March 6, 2020

बिच भलिबलः सन्जु र होमको जोडी सेमिफाइनलमा

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाका सन्जुविक्रम शाह र होम पुनको जोडी न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै एपीएफका विजय थापा र राजकुमार निरौलाले पनि अन्तिम चारमा स्थान बनाएको छ ।

फाइल तस्विरः सन्जुविक्रम शाह र राजु विके

 

बालुवाटरस्थित आयोजक न्युटन हाइ स्कुलमा भएको खेलमा विजय र राजको जोडीले छन्त्याल समाज म्याग्दीका महेन्द्र छन्त्याल र दीपक केसीको जोडीलाई २५–२२ र २५–२० को सोझो सेटमा पराजित गरे । स्याङ्जाका सन्जुविक्रम शाह र होम पुनको जोडीले आरजे भलिबल क्लबका प्रिन्स मगर र मनीष मल्लको जोडीलाई २५–१८ र २५–२३ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीले जानकारी गराए । विजेताले ७० हजार ७ सय ७७ रुपैयाँ, उपविजेताले ४० हजार ४ सय ४४ रुपैयाँ र तेश्रोले २० हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.