default_image

6 years ago

March 6, 2020

कोरोना त्रासले १० लाख पुरस्कारको भरतपुर गोल्डकप स्थगित

108 views

0 Bookmark

विनोद बाबु रिजाल, भरतपुर

अर्को महिना हुने भनिएको दोस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको आयोजक एजे इन्टरनेसनलले जनाएको छ ।

‘कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासन, भरतपुर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् ठूला प्रतियोगिताहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको छ’, प्रतियोगिता संयोजक आलोकप्रताप राणाले भने, ‘आमरुपमा बढेको कारोना त्रासका कारण मान्छे भेला हुने गरी कार्यक्रम गर्न सकिएन ।’

कोरोना भाइरसको त्रास कम हुँदै गएपछि अनुकूल समय मिलाएर प्रतियोगिता गर्ने राणाले भने । ‘सबै तयारी पूरा गरिसकेका थियौं’, उनले भने, ‘तर, सरकारको आग्रहका कारण हामी तत्कालका लागि प्रतियोगिता रोक्न बाध्य भयौं । तर, फेरि हामी प्रतियोगिता गर्ने नै छौं ।’

भरतपुर गोल्डकप आउँदो चैत ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने तालिका थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । प्रतियोगिताका लागि मुख्य प्रायोजकसमेत निधो भइसकेको थियो ।

क्याम्पाचौरमा फूटबल मैदान सम्याउने र स्तरीय बनाउने कामको लागि आयोजकले खर्च गरिसकेको थियो । देशभर सबै प्रतियोगिता नगर्न राष्ट्रिय खेलकुद परिषद्ले अपील गरेको कारण केही समयको लागि प्रतियोगिता सारिएको प्रतियोगिताको अर्को आयोजक चितवन जिल्ला फूटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.