6 years ago
May 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीहरु एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् ।

बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् । ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरि ६ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
स्विस प्रणाली अन्तरगत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्रे श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण बिराम लगाए । उनले ४ अंक प्राप्त गरे । यस्तै ३.५ अंकका साथ विवेक श्रेष्ठ सातौ र ३.५ अंकका साथै निकेन कुशथा १०औं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । जुनियर खुुलातर्फ शीर्ष दुई स्थानमा बंगलादेश र श्रीलंकाका खेलाडी अटाए ।
यस्तै छात्राहरु पनि प्रतिसपर्धाबाट बाहिरिएका छन् । खुस्वु थापा सातौ, अनिशा न्यौपाने आठौं र कृतिसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए । छात्रा तर्फ शिर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्का र बंगलादेशका खेलाडी रहे । पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाइनल चरणका लागि छनोट भएका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]