5 years ago
July 12, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति ३५औं चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले बर्नमाउथको सामना गर्दा टोटेनहम हस्टपर र आर्सनल, वल्भ्स र एभर्टन तथा एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ ।

बर्नमाउथ र लेस्टरबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ बजे प्रतिस्पर्धा हुनेछ । चौथो स्थानको लेष्टर बर्नमाउथको मैदानमा उत्रदा शीर्ष तीनमा पुग्ने लक्ष्यमा हुनेछ । बर्नमाउथलाई पराजित गरेमा लेष्टरले चेल्सीलाई २ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ । बराबरीले पनि लेस्टरले गोल अन्तरमा चेल्सीलाई पछि पार्नेछ । हारले चौथो स्थानमा नै खुम्चनेछ ।
यता, रेलिगेसन जोनमा रहेको बर्नमाउथ पनि लेस्टरलाई पराजित गर्दै रेलिगेसन बचाउने लक्ष्यमा मैदानमा उत्रनेछ । चौथो स्थानको लेस्टरको ५९ तथा तेस्रो स्थानको चेल्सीको ६० अंक छ । रेलिगेसन जोनमा रहेको बर्नमाउथको २८ अंक रहेको छ ।
यस्तै अर्काे खेलमा टोटेनहमले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । ४९ अंक जोडेको टोटेनहम १०औं स्थानमा रहेको छ । ५० अंक जोडेको आर्सनल आठौं स्थानमा रहेको छ । यस्तै वल्भ्सले घरेलु मैदानमा एभर्टनसँग तथा एस्टन भिल्लाले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]