default_image

5 years ago

July 17, 2020

सम्पादक तिमल्सिनामाथि एन्फा पूर्व अध्यक्षको अभद्र व्यवहारको भर्त्सना

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवंम् हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि गरेको अभ्रद व्यवहारप्रति मन्चले घोर भर्त्सना गरेको छ ।

बिहिबार साँझ समाचारका लागि फोन वार्ता गर्ने क्रममा थापाले तिमल्सिनालाई गाली गलौज सहित अभद्र व्यवहार गरेका थिए । थापाका छोरा अभिषेकले तिमल्सिनासँग हाम्रोखेलकुदको थापाथली स्थित कार्यालय परिसरमै गएर वादविवाद गर्ने काम समेत गरेका थिए ।

नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरेपनि नपुग्ने मञ्चले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । मञ्च आफ्ना सदस्यप्रति गरिएको यस अभद्र ब्यवहारको घोर भर्त्सना र निन्दा गरेको छ ।

अहिलेको विषम परिस्थतिमा आफ्ना सम्पूर्ण सदस्यहरुको भौतिक सुरक्षा प्रति यस घटनाले मञ्चको गम्भिर ध्यानकर्षण गराएको छ जनाउँदै मञ्च यस घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको छ ।

यस घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको हुँदा मुक दर्शक भएर बस्न सकिन्न । साथै मञ्चले सरकारसँग सम्पूर्ण खेलकुद पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न समेत माग गरेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.