5 years ago
July 18, 2020
एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको सेमिफाइनलमा आज राति प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार राति १२ः३० बजे प्रतिस्पर्धा हुँदैछ ।

एफए कपको सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल साविकको विजेता सिटीलाई पराजित गर्दै फाइनल पुग्ने दाँउमा हुनेछ । तर, आर्सनलको पछिल्लो खेलको प्रदर्शनमा एकरुपता आउन सकेको छैन । आर्सनल सिटीलाई हराएर एफए कपको उपाधिनजिक पुग्न चाहन्छ ।
यस्तै सिटी आर्सनललाई हराउदै लगातार दोस्रो सिजन एफए कपको उपाधि जित्ने लक्ष्यमा छ । सिटीले गत सिजन वाट्फोर्डलाई ६–० ले हराएर उपाधि जितेको थियो । पछिल्लो सात खेलमा आर्सनलसँग अपराजित सिटी सोही प्रदर्शनलाई निरन्तरता दिने अभियानमा हुनेछ ।
आर्सनलले क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ ले तथा सिटीले न्युकासल युनाइटेडलाई २–० ले हराएर सेमिफाइनलमा भेट पक्का गरेको थियो । सिटी र आर्सनलबीचको विजेताले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
चेल्सी र युनाइटेडबीचको अर्काे सेमिफाइनल आइतबार राति हुनेछ । चेल्सीले लेष्टर सिटीलाई १–० ले तथा युनाइटेडले नर्विच सिटीलाई २–१ ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]