5 years ago
July 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाइ सम्मान गर्ने भएको छ ।

विभागले मगंलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सागमा स्वर्णपदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय भएको संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सागमा ४ वटा स्वर्णपदक विजेता खेलाडीलाई २५ हजार, दुई स्वर्णलाई १५ हजार र एक स्वर्ण जित्नेलाई १० हजार रुपैयाँले सम्मान गर्ने निर्णय भएको छ । सागका टिम इभेन्ट र रजत र कास्य पदक विजेता खेलाडीका लागि भने अर्को बैठकले निर्णय गर्ने संयोजक बस्नेतले जानकारी दिए ।
विभागले नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद र १३औं सागको हिसाब सार्वजनिक गर्न पनि माग गरेको छ । सागका दौरान नेपाल ओलम्पिक कमिटी र भारतीय टीभी च्यानलबीच भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाव किताव सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको विभागका सचिव महर्जनले बताए ।

विभागले टोकियो ओलम्पिक २०२१ मा सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बिमा गरिदिने भएको छ । अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरुको प्रहिक्षण सञ्चालन गर्न सरकारसँग माग पनि गरेको छ । पहिलोे बैठकको निर्णय सार्वजनिक गर्दै संयोजक बस्नेतले नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रिय स्तरको सभापति कप फुटबल प्रयोगिता संचालन गर्ने निर्णय गरेको जानकारी दिए ।
‘खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरूका प्रशिक्षकहरूको व्यवस्था गरी वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने वातावरण मिलाई दिने निर्णय गरेको विभागका सचिव मीनकृष्ण महर्जनले बताए ।
स्व. वीपी कोइराला, सुवर्ण शम्शेर राणा, स्व. गणेशमान सिंह, स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुशील कोइराला, स्व. महेन्द्रनारायण निधि, स्व. मंगलादेवी सिंह, स्व. शैलजा आचार्य, स्व. धनमान सिंह परियार, स्व. खुमबहादुर खड्का, स्व. शेख इद्रिस, स्व. बलबहादुर राई, स्व. बखानसिं गुरुङ्ग, स्व. योगेन्द्र मान शेरचन, स्व. भीमबहादुर तामाङ, स्व. राधा कृष्ण चौधरी, स्व. श्रीमती द्वारिका देवी ठकुरानी, स्व. भू विक्रम नेम्वाङ्ग, शहीद लखन थापा मगरको नाममा खेलकुद प्रतियोगिता गर्ने विभागले जनाएको छ ।
‘राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका कर्मचारीहरूको पदोन्नति नगरी कर्मचारीको वृत्ति विकासमा आँच पुयाएको हुनाले निजहरूको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानको भावना र मर्मविपरित ओलम्पिक कमिटीले विदेशीहरूको सहायता लिँदा सरकारको स्वीकृति लिनुनपर्ने गरि ल्याएको ऐन खारेजीको माग समेत विभागले गरेको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]