5 years ago
July 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबले प्रशिक्षक सल्यान खड्गीलाई क्लबका खेलाडीले हस्ताक्षर गरेको जर्सी प्रदान गरेका छन् ।

चेल्सी नेपालले खड्गीलाई चेल्सीका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गरेको हो । खड्गीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले जर्सी हस्तान्तरण गरेका हुन् ।
जर्सी ग्रहणपछि प्रशिक्षक खड्गीले यस किसिमको कार्यले सबैलाई प्रोत्साहन हुने बताएका छन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए । अध्यक्ष शेर्पाले समर्थक समुहसँग सहकार्य गरेर फ्यान संस्कारको बिकासमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रशिक्षक खड्गीले एक महिना एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स उत्र्तिण गरेका थिए । खड्गीको प्रशिक्षणमा संकटा २०७५ को ‘ए’ डिभिजन लिगमा दोस्रो भएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]