5 years ago
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिंगापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । लि वल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।
पौडी प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण र पौडी सम्वन्धी प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पु¥याउने कोर्सको उद्धेश्य रहेको संघले जनाएको छ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास लिएको छ ।
वल्ड कोचेज एकेडेमीले चिन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सम्पन्न भइसकेको छ । कोर्समा ट्राइयाथलनसँग सम्वन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्राइयाथलन दुवै खेललाई मद्दत पुग्ने नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]