5 years ago
August 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि सुरु भएको छ ।

प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण विधधिर पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ ।
प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर वृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको विश्वास लिएको छ । दुई दिनसम्म सञ्चानल हुने कोर्समा ट्राइयाथलन र पौडीसँग सम्वन्धित २५ प्रशिक्षकहरुले अनलाइन कोर्समा सहभागिता जनाइरहेका छन् ।
नेपालमा पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्न अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलोपटक हो । प्रशिक्षार्थीहरुलाई वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् । वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।
नेपाल ट्राइयथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले छोटो समयमा नै विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेलमा लगातार पदक हात पारिरहेका कारण नेपाल सुहाँउदो यस खेललाई नेपालमा आकर्षित गर्दै खेलकुद पर्यटनको रुपमा विकास गर्ने र नेपालमा नै दक्षिण एशियाको ट्राइयाथलन एकेडेमी निर्माण गर्ने उद्धेश्य रहेको बताए । गतवर्ष नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ट्राइयथलनबाट दुई स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भएको थियो ।
ट्राइयाथलनका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव युवराज सुनुवारले यस खेललाई अझ मजुवत बनाउँदै कोरोनाका कारण खेल गतिविधिबाट टाढा रहेको प्रशिक्षकहरुको स्तरवृद्धि गर्न यस कोर्सले निकै ठुलो मद्धत पुग्ने बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]