5 years ago
September 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन पौडीवाज नयना शाक्यसँगै उनको परिवारलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको लेखेकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी बिकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो ।
आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वाव संकलन गरिदा शुरुमा कोरोना नदेखिएपनि शंक लागेर पुनः स्वाव संकलन गर्दा परिवारलाई कोरोना देखिएको नयनाले फेसबुकमा लेखेकी छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीलाई रजत पदक दिलाएका प्रशिक्षक विकासलाई केहि दिनपछि कोरोनासँग मिल्ने लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले लेखेकी छिन् ।
आठौं सागको स्वर्ण विजेता नयनाले धेरै सावधानी अपनाएर घरमै बस्दा समेत कोरोना देखिएको बताउदै भाईरसलाई हल्का रुपमा नलिन आग्रह समेत गरेकी छिन् ।
उनीहरु सबैजना अहिले चिकित्सककै सल्लाहमा सावधानी अपनाएर घरमै सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]