5 years ago
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ ।

एन्फाले मंगलबार एक सुचना जारी गर्दै सुचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी उमेर समूहको राष्ट्रिय टिमसम्म लैजाने उद्देश्यसहित लिग आयोजना गर्न लागेको जनाएको छ ।
एन्फाले युवा फुटबल खेलको बिकास र विस्तार गर्न यसवर्षदेखि १५ वर्षमुनिका उमेर समूहको काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर) र काभ्रे जिल्लामा रहेका मापदण्ड पुरा गरेका विद्यालयका विद्यार्थीको सहभागितामा अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता मंसिर दोस्रो सातादेखि गर्ने तयारी गरेको हो ।

विद्यालय लिगका लागि एन्फाले विभिन्न मापदण्ड राखेको छ । सहभागी हुने विद्यालयले न्युनतम एएफसी ‘सी’ लाईसेन्स कोर्ष पुरा गरेका प्रशिक्षक टिममा अनिवार्य राख्नुपर्ने प्रावधान राखेको छ । विद्यालयको आफ्नै यु–१५ टिम हुनेपर्ने र टिममा कम्तीमा पनि २३ देखि ३० सम्म खेलाडी रहनुपर्नेछ ।
यस्तै प्रतियोगितामा सहभागी जनाउने विद्यालयको आफ्नै खेल मैदान (चौडाई कम्तिमा ३५ देखी ५० र लम्बाईमा कम्तिमा ६० देखि १०० मिटर ) हुनुपर्नेछ । र त्यहाँ होम म्याच खेलाउन सक्ने सम्भाव्यता हुनुपर्नेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]