default_image

5 years ago

November 4, 2020

ह्याण्डबल खेलाडीलाई नगद र राहत

129 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने भएको छ । संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने निर्णय गरेको हो ।

फाइल तस्विर

संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबलका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा ह्याण्डबल खेल विकासका लागि लामो योगदान दिनेहरुलाई ह्याण्डबल संघले नगद सहितको राहत उपलव्ध गराउने निर्णय गरेको जानकारी दिए ।

संघले ह्याण्डबल संघमा रहेर लामो योगदान पु¥र्याका पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषा निवासी पवनलाल कर्ण, सशस्त्र प्रहरी वलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दिप कार्की, उदयपुर निवासी अन्तर्राष्ट्रिय खेलाडी मात्रिका राई, जुनियर अन्तर्राष्ट्रिय खेलाडी सुर्खेतका भुवन शाही, ह्याण्डबलका पूर्व खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गर्ने संघका महासचिब सन्देश रेग्मीले बताए ।

निजी स्कुलमा कार्यरत तथा अहिले जागिर गुमेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई संघले ५० हजार रुपैया प्रदान गर्ने निर्णय गरेको छ । कोरोना संक्रमित भई निको भएका अन्तर्राष्ट्रिय खेलाडी कार्की, अन्तर्राष्ट्रिय खेलाडी राइ र जुनियर तर्फका अन्तर्राष्ट्रिय खेलाडी शाहीलाई २०–२० हजार रुपैयाले तथा सिरहाका पूर्व खेलाडी रञ्जित सिंहलाई १५ हजार रुपैया प्रदान गरिने निर्णय भएको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.