default_image

5 years ago

November 19, 2020

नेपाललाई विश्व रग्बीको सदस्यता

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ ।

विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको सदस्यता दिएको हो । नेपाल रग्बी संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको जनाएको छ । संघले सदस्यता प्राप्त गर्नुलाई संघको महत्वपूर्ण उपलब्धि भएको समेत जनाएको छ ।

एसिया रग्बीको सिफारिसमा नेपाललाई एसोसियट राष्ट्रको मान्यता दिएको हो । गत भदौमा एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको थियो । नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको थियो ।
नेपालले दुई वर्षअघि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो । त्यस समयबाट ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरी सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजना पश्चात एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको थियो ।

जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो । त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो । उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाईमा रहेको कालापत्थरसम्म पुर्‍याएको थियो । पहिलो पटक रग्बीको ट्रफी विश्वको सबैभन्दा ठूलो उचाईमा पुर्‍याउन सफल भएको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.