default_image

5 years ago

November 22, 2020

भलिबल संघका उपाध्यक्ष सुवेदीद्वारा खेल सामाग्री प्रदान

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् ।

सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभ स्टार क्लबका अध्यक्ष किरण केसी, वडा सदस्य जयराम महत लगायतका वक्ताहरुले सुवेदीको सहयोगले भलिबल प्रेमीहरुमा ठूलो उत्साह थपेको बताए ।

भलिबल खेलको रुची तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे । भलिबल संघका केन्द्रीय उपाध्यक्ष सुवेदी लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक्टि गभर्नर समेत हुन् ।

सुवेदी राजनीति सहित समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशक अघि देखि निरन्तर क्रियाशील छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.