5 years ago
November 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ ।

क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सो सम्बन्धी सम्झौता पत्रमा नक्सालस्थित जि मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरे । हाल तीन वर्षका लागि सम्झौता गरिएको प्रबन्ध निर्देशक गेलालले जानकारी गराए ।
गेलालले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवद्र्धनका लागि क्लबसंग सम्झौता गरिएको बताउदै तीन वर्षपछि पनि अवस्था हेरर सम्झौता थप गर्न सकिने संकेत गरे । अध्यक्ष श्रेष्ठले बुद्धिचाल मार्फत विश्वमा नेपाललाई चिनाउनु आफ्नो उद्देश्य रहेको बताउदै धेरै भन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिने धारणा व्यक्त गरे ।
उनले क्लबसंग सहकार्य गरेकोमा जि माटर्सलाई धन्यवाद दिदै कोरोना भाइरसको जोखिम न्युनिकरण भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी थाल्ने बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]