default_image

5 years ago

November 29, 2020

तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भर्चुअलमार्फत आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आप्mनो प्रस्तुती दिएका थिए ।

यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पारेका थिए । नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले ‘संचार क्षेत्र र मार्केटिङ’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आप्mनो प्रस्तुती दिएका थिए ।

यस्तै राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउदै अब नेपाली खेलकुदका प्रतियोगिता आयोजना सुरु हुने बताए । उनले त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको थपे ।

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिएका थिए । कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.