5 years ago
December 3, 2020
काठमाडौं (हाम्रो खेलकद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका महत्वपुर्ण सदस्य धन बहादुर भट्ट नेपाली सेनाको जमदार पदमा बढुवा भएका छन् ।

त्रिभुवन आर्मी क्लबका महत्वपुर्ण स्पाइकर समेत रहेका धन बहादुर हवल्दारबाट जमदारमा बढुवा भएका हुन् । धनलाई सेनाका प्राविधिक महासेनानी किशोर कुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए ।
२०७२ देखि राष्ट्रिय टोलीमा नियमित रहेका भट्ट गत वर्ष नेपालमा सम्पन्न १३औं सागमा टिमका मुख्य खेलाडी थिए । यस्तै नेपालले २०१७ मा माल्दिभ्समा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा ऐतिहासिक कास्यपदक जित्दा धन बहादुर टोलीका महत्वपुर्ण सदस्य रहेका थिए ।

गोरखा स्थायी घर भएका भट्ट २०७२ मा सेनाको प्राविधिकमा नाम निकाल्दै आर्मीको स्थायी खेलाडी बनेका थिए । त्यसअघि उनी केही समय एपीएफमा करारमा रहेका थिए ।

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]