default_image

5 years ago

December 3, 2020

ओलम्पिकमा छनोट भएका धावक गोपीचन्द्र सम्मानित

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका धावक गोपीचन्द्र पार्की गृहनगरमा सम्मानित भएका छन् ।

धावक गोपीचन्द्रलाई कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप १५ हजार रुपैयाँ प्रदान गर्दै धनगढीबाट फर्किएपछि धावक गोपीचन्द्रलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

सम्मानित भएपछि धावक गोपीचन्द्रले अझै सफलता हासिल गर्न मिहेनत गरिरहेको बताउदै यसले उर्जा थपेको बताएका छन् । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले सहयोग गर्ने बताएका छन् ।

धावक गोपीचन्द्रले गत मसिंर ६ गते नेपालगन्जमा सम्पन्न धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै ओलम्पिक यात्रा सुनिश्चित गरेका थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.