5 years ago
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्ट्रोक प्यारालाइसिसका कारण गत कात्तिक पहिलो सातादेखि अस्पतालमा उपचार गराइहेका अन्तर्राष्ट्रिय भलिबल रेफ्री कुल बहादुर रानाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

गत कात्तिक ६ गते राति समस्या भएपछि उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका थिए । झन्डै एक महिनाको अस्पतालको उपचारपछि उनी २५ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएपछि फिजियोथेरापीमा भर्ना भएका थिए । उनी शुक्रबार फिजियोथेरापीबाट डिस्चार्ज भएका हुन् ।
स्ट्रोक प्यारालाइसिसका कारण उनको शरीरको बायाँ भाग नचल्ने भएको थियो। ‘पहिला उभिन र हिड्न नसक्ने अवस्थामा थिए । दशैं तिहार अस्पतालमै बिताए । अहिले उपचार र फिजियोथेरापीपछि उभिने र हिडडुल गर्न सक्ने भएको छु,’ रानाले भने, ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । अहिले पाइला चलाउन थालेको छु । हात पनि चलाउन थालेको छु । टेक्ने र उचाल्ने थेरापी बाँकी छ । दुई देखि तीन महिनामा सामान्य अवस्था हुनेमा आशावादी छु ।’

यस्तै रानाले डक्टरको सल्लाहअनुसार थेरापी गराइरहेको र आफैले पनि थेरापीमा मिहेनत गरे छिट्टै सामान्य अवस्थामा आउने बताएका छन् । कुल बहादुर रानालाई गत सोमबार अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेटबाट आधिकारिक अन्तर्राष्ट्रिय भलिबल रेफ्री बनेको फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले नेपाल भलिबल संघलाई पत्र पठाएको थियो ।

एफआइभीबीको बोर्डले नोभेम्वरको सुरुवातमै रानालाई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा गरेको उल्लेख गरेको छ । उनी अन्तर्राष्ट्रिय भलिबल रेफ्री हुने दोस्रो नेपाली रेफ्री बनेका हुन् । यसअघि गौतम लासिवा अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]