5 years ago
December 7, 2020
हाम्रो खेलकुद) – पौडीका बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रही उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो ।

कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, पौडीपोखरीका प्रमुख टार्जन सुब्बा, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्र राईलगायतले एक कार्यक्रमकाबीच प्रशंसा पत्र प्रदान गर्दै बिदाई तथा सम्मान गरेका थिए ।
बिदाईका क्रममा बोल्दै प्रमुख अर्जून बिकले कार्कीले पौडी खेलको बिकासमा गरेको योगदानको चर्चा गर्दै उमेरहदका कारण अनिवार्य अवकास भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरिनै रहने र पौडी तथा खेल क्षेत्रको विकासमा अनवरत लागीनै रहने बिश्वास ब्यक्त गरे ।
प्रशिक्षक कार्की उमेरहदका कारण आईतबार सेवानिवृत्त भएका हुन् । यस्तै कार्कीलाई बरिष्ठ पौडी प्रशिक्षक एवं पूर्व प्रमुख प्रशिक्षक वाङ्देन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षकद्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो प्रदान गर्दै तथा बासुदेव निरौलाले माला लगाई बिदाई तथा सम्मान गरेका थिए ।
तालिम तथा प्रशिक्षण विभाग, खेलकुद बिज्ञान प्रतिष्ठान, निर्देशक, उपनिर्देशक, विभन्न खेलका प्रमुख प्रशिक्षक, प्रशिक्षक र कर्मचारीहरुले कार्कीलाई अविर तथा खादा लगाई सम्मान गरेका थिए ।
भारतको नेताजी सुभाष चन्द्र बोस स्पोर्टस् ईन्सटिच्युटबाट १९९० मा स्पोर्टस्मा डिप्लोमा गरेका कार्की २०५० सालमा पौडी प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद्मा प्रवेश गरेका थिए । २०६३ मा नायव बरिष्ठ पौडी प्रशिक्षकमा बढुवा भएका कार्की २०५७ देखि २०७१ सम्म पौडीका प्रमुख प्रशिक्षक रहेका थिए ।
२०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडी खेलाडीको रुपमा खेल क्षेत्रमा प्रवेश गरेका कार्की १९८२ मा दिल्लीमा आयोजना भएको नवौं एशियाली खेलकुदमा खेलाडीका रुपमा सहभागी भएका थिए । यस्तै काठमाण्डौमा १९८४ मा आयोजना भएको प्रथम दक्षिण एशियाली खेलकुदमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
आठौं र १३औं दक्षिण एशियाली खेलकुदमा पौडीबाट नेपालका लागि स्वर्ण पदक दिलाउन कार्कीको ठुलो भूमिका रहेको छ । यस्तै नेपालमा उत्कृष्ट पौडी खेलाडी उत्पान गर्न कार्कीको निकै ठुलो योगदान रहेको छ ।
पौडी प्रशिक्षकका रुपमा विभिन्न देशको भ्रमण गरेका कार्कीले एशिया प्यासेफिक पौडी प्रतियोगितामा प्रशिक्षण प्रदान गरि नेपाललाई पदक दिलाउन सफल भएका थिए ।
उनले रियो ओलम्पिक –२०१६ मा प्रशिक्षकका रुपमा सहभागिता जनाउनुका साथै विभिन्न विश्व पौडी प्रतियोगितामा प्रशिक्षकका रुपमा सहभागिता जनाएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]