5 years ago
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अनुरोध गरेका छन् ।

राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित एनओसी कार्यालय पुगेका थिए । एक घण्टाभन्दा लामो समय भएको छलफलमा राजदूत मुसाउद अल आरवे र एनओसी अध्यक्ष श्रेष्ठबीच खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो ।
साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि ओलम्पिक काउन्सिल अझ एसिया (ओसिए)मा दाबी प्रस्ताव पेश गरेको छ । त्यही प्रस्तावमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन् ।
२०३० को एसियाली खेलकुद आयोजनका लागि रियादसँगै कतारको दोहाले पनि दाबी गरेको छ । आफ्नो दाबीमा सहयोग गर्नका लागि अनुरोध गर्न यसअघि कतारी ओलम्पिक कमिटीको टोलीले पनि एनओसी अध्यक्षसँग भेट गरेको थियो । एनओसी अध्यक्ष श्रेष्ठले साउदी र कतारका प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसँग थप छलफल हुने बताए ।
अध्यक्ष श्रेष्ठले अन्तिम निर्णय गर्दा नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई केन्द्रमा राखिने बताए । मस्कटमा हुने ओसिएको साधारण सभामा अध्यक्ष श्रेष्ठसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले पनि भाग लिनेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]