5 years ago
December 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्राहलयबीच भएको सम्झौता अनुसार नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट ‘२०२०–२०२१’ सुरु भएको छ एनओसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन प्रोजेक्ट हुन लागेको एनओसीले जनाएको छ । त्यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गर्ने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जनाएका छन् ।
एनओसी र ओलम्पिक संग्रहालयबीच यसै वर्षको मार्चमा औपचारिक सम्झौता भएको थियो । अगस्टबाट काम सुरु भइसकेको आइतबार आयोजित कार्यक्रममा एनओसीले जनाकारी दिएको थियो ।
नेपाली खेलकुदको इतिहासको अभिलेखिकरणको औपचारिक प्रयास पहिलो पटक सुरु भएको उल्लेख गर्दै एनओसीले नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने प्रयास थालिएको एनओसीले जनाएको छ ।
नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्न प्रयास नभएकाले त्यसलाई परिपूर्ति प्राजेक्टमार्फत गर्ने प्रयास गरिएको बताइएको छ । ओलम्पिक संग्रहालयले आफ्नो पहलमा यसअघि नेपाली खेलकुदको सुरुआती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धीबारे अभिलेख राख्दै आएको छ । क्षितिजअरुण श्रेष्ठको अध्यक्षतामा सग्रालयले काम गर्दै आएको छ ।
ती अभिलेखलाई अब ‘डिभिटल आर्काइभ’ मा सुरक्षित गरिने प्रयास स्वरुप खेलाडी र खेल संघबारे जानकारी संकलन गरिनेछ बताइएको छ । नेपालमा खेलको सुरुआत कसरी भयो, खेलकुद ऐनसँग सम्बन्धित दस्तावेज, एनओसीकैे इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शनसँगै नेपाली खेलकुदसँग सम्बन्धित तस्बिर र भिडियोको संकलन गरिने एनओसीले जनाएको छ ।
आर्काइभमा एनओसीमा आवद्ध खेललाई बढी प्राथमिकता राखिने उल्लेख गर्दै नेपाली खेलकुदको इतिहासले ‘डिभिटल आर्काइभ’ का रूपमा एक निश्चित आकार लिने एनओसीले विश्वास गरिएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]