5 years ago
December 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट यसवर्ष पलिस्था कक्षपतीलाई सम्मानित भएकी छन् । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो ।

सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे । कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिखसम्म थाइल्याण्डमा सम्पन्न १६औं बिश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्णपदक प्राप्त गरेकी थिईन् ।
संघले पलिस्थालाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधीहरु बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।

यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ११ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक (ट्रायकसुट) प्रदान गरेको छ । खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दिल थोकर, अभिषेक राई, संदीप तामाङ सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाँग तामाङ रहेका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राखेप उपाध्यक्ष कोईरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्दै यस्तका कार्यक्रमले खेलाडीको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने बिश्वास ब्यक्त गरे ।
यस्तै उपाध्यक्ष कोईरालाले राखेपमा दर्ता रहेर पनि क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने र भद्रगोल रुपमा चलेको नेपाली खेलकुदलाई ब्यवस्थित रुपमा अगाडी बढाउने प्रयास सुरु भईसकेको बताए ।
कार्यक्रममा मिस नेपाल ईन्टरनेशनल २०१९, मिरा कक्षपती, ४ पटक सम्म गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]