default_image

3 years ago

February 13, 2021

टाइगर कप भलिबलः आर्मी र गण्डकी उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानिय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । फाइनल खेल दिउँसो २ बजेपछि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै स्थानिय टोली गण्डकी प्रदेश विभागी टोलीको […]

31 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानिय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।

फाइनल खेल दिउँसो २ बजेपछि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै स्थानिय टोली गण्डकी प्रदेश विभागी टोलीको वर्चस्व तोड्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

लिग चरणमा गण्डकी प्रदेशले एक सेटले पछि परेपनि उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । प्रतियोगितामा विभागीय टोलीको भिडमा आर्मी र एपिएफलाई हराएरको गण्डकी पुलिससँग सोझो सेटमा पराजित भएपनि उत्कृष्ट खेल पस्केको थियो ।

गण्डकीसँग कप्तान हरि पाण्डे, याम क्षेत्री, सुजन चोखाल, रुपेन्द्र गैरे, घनश्याम चौधरी, किरण गुरौ, राजन दर्लामीमगर, राजु बिक, ठक बहादुर गुरुङ, सन्जय परियार, इश्वर थापा र सन्तोष थापा रहेका छन् । गण्डकी प्रदेशलाई घरेलु समर्थकको पनि साथ रहनेछ ।

यता आर्मी पनि लिग चरणमा भोगेको हारको बदला लिदै उपाधि जित्ने लक्ष्मा कोर्टमा उत्रनेछ । लिग चरणको पहिलो खेलमै सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा गण्डकी सँग पराजित भएपनि त्यसपछि आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफ र नेपाल पुलिस क्लबलाई सहजै पाखा लगाउदै लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

टोलीसँग मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, हरि अधिकारी, दुर्गा बहादुर खड्का, हरि हजुर थापा, इश्वर थापामगर, सरन सामरी क्षेत्री, दिल बहादुर सुनार, भैरव बम, राजेन्द्र विष्ट, दुर्गा महतो र
राजेन्द्र केसीको साथ रहेको छ ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.