5 years ago
March 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी हुन् ।
पुरुषकै ६४ केजी तौल समूहमा आयुषमान चटौतले अर्विन पञ्जियार, टोविन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको पुरुष ५२ केजीमा एनआईडीसीका नारायण भुजेलले सीबीसीका जीवनकुमार पुनलाई पराजित गरे ।
यही तौल समूहका अन्य स्पर्धामा सुमन नेपाली, शक्ति लामा र बुद्ध लामाले पनि जित निकाले । सुमनले मदनकृष्ण डंगोल, शक्तिले विमोचन लामिछाने र बुद्धले नवराज सुवेदीलाई पराजित गरे । यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा अजय चौधरीले मिङ्मार शेर्पा, प्रशान्त लामाले कल्याण राई र प्रकाश मगरले लोमस अधिकारीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए ।
पुरुष ६० केजीमा मौसम रानामगर, शेखर कुटुभुजु, आभासप्रताप शाह र विवेक गुरुङले जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाए । मौसमले निश्चल गुरुङ, शेखरले अनिलरत्न वज्राचार्य, आभासप्रतापले सुजितध्वज कार्की र विवेकले मार्सल गुरुङलाई पराजित गरे ।
पुरुषकै ६९ केजी तौल समूहमा सन्तोष खत्रीले प्रशान्त तामाङ तथा चन्द्र तामाङले आशुतोष मुल्मीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुषकै ७५ केजीमा रुपक नेपालीले रोशनलाई श्रेष्ठलाई पराजित गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]