default_image

5 years ago

March 3, 2021

तेजीमाया र जानुका क्वाटरफाइनलमा

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएकी हुन् ।

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजन र नागार्जुन नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको महिला ४८ केजीमै बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंहलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाइन् ।

यही समूहको अर्को खेलमा नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरिन् । महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए । यसैगरी पुरुषकै ४९ केजी तौल समूहमा नुवाकोटका मोहन गुरुङ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई तारकेश्वरका सुरज ओली क्वार्टरफाइनलमा पुगे ।

मोहनले बक्समान्डुका अभिराज तामाङ, सुरजले गुरुङले ताल्चीखेलका हेवीचन्द्र साम्पाङ, धमेन्द्रले रसुवाका अभिषेक राई र सुरज ओलीले भक्तपुरका राकेश राजलवटलाई पराजित गरे । पुरुषकै ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वान्डी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउँका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले पनि अन्तिम आठमा स्थान बनाए ।

प्रतियोगिताको हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउने छन् ।

प्रतियोगिताको बुधबार पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरे । उनले कोरोना भाइरसको महामारीका कारण खेलकुदका गतिविधि सुस्त रहेको अवस्थामा प्रतियोगिताले खेलाडीहरुमा उत्साह जगाउने काम गरेको बताए ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, सहसंयोजक सुनिल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सागका पदक विजेता सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङ खेलका पदक विजेता खेलाडी बुधबार सम्मानित भएका छन् । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले १३औं सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा स्वर्ण विजेतालाई १० हजार, रजत पदक विजेता खेलाडीलाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँबाट सम्मान गरिएको थियो । २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.