5 years ago
March 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् ।
सुस्मिताले प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । पुरुष ६४ केजीमा प्लाटिनमका अस्विनदेव श्रेष्ठले काभ्रेका भरत चन्दलाई पराजित गर्दै उपाधि नजिक पुगे । महिला ४८ केजीमा आरडीएसकी रमिसा श्रेष्ठले बोसिगाउँकी माया क्षत्रीलाई पराजित गर्दै सुस्मितासँगको भेट पक्का गरिन् ।
यसैगरी महिला ५१ केजीमा बोसिगाउँकी हरिना ऐर र नक्सालकी रोशनी राई उपाधि नजिक पुगे । हरिनाले नुवाकोटकी प्रतिभा शाही र रोशनीले प्लाटिनमकी केनिका राईलाई पराजित गरे । महिला ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगर र मेघदूतकी मन्दिरा पुतुवारले बक्समान्डुकी जस्मिन केसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।
महिला ५७ केजीमा नक्सालकी सिवानी श्रेष्ठले आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङले बक्समान्डुकी श्रद्धा प्रसाईलाई पराजित गर्दै उपाधि नजिक पुगे । महिलाकै ६० केजीमा रसुवाकी सजिता चौधरी र बक्समान्डुकी डिचेन शेर्पा फाइनलमा पुगे । सजिताले केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र डिचेनले नुवाकोटकी रीता विकलाई सेमिफाइनलमा पराजित गरे ।
महिला ६४ केजीमा नक्सालकी अम्विका गहतराजले नुवाकोटकी अस्मिता चन्द तथा बक्समान्डुकी हेमा राईले रसुवाकी सपना ऐडीलाई पराजित गरे । पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङ र काभ्रेका धमेन्द्र राई फाइनलमा पुगे । मोहनले नक्सालका पवनबहादुर श्रेष्ठ र धमेन्द्रले तारकेश्वरका सुजन ओलीलाई पाखा लगाए ।
पुरुष ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले मकवानपुरका बुद्ध लामा तथा बक्समान्डुुका वाङ्दी शेर्पाले थानकोटका सुजन महर्जनलाई पराजित गर्दै उपाधि नजिक पुगे । पुरुषकै ५६ केजीमा कोट्स्य भैरवका प्रशान्त लामा र एचटुओका बुद्ध लामा फाइनलमा पुगे । प्रशान्तले नुवाकोटका प्रकाश मगर र बुद्धले धादिङका जेनिस गुरुङलाई पाखा लगाए ।
यसैगरी पुरुष ६० केजीमा नक्सालका मौसम राना र बक्समान्डुका गणेश थापा, ६४ केजीमा ६९ मा बक्समान्डुका चन्द्र तामाङ र आरडीएसका करणसिंह ठकुरी, ७५ केजीमा कोट्स्य भैरवका रुपक नेपाली र रेजका कोसिस श्रेष्ठ तथा पुरुषको ८१ केजी तौल समूहमा मेघदूतका कृष्णराज गिरी र तारकेश्वरका केशर खत्रीले फाइनलमा स्थान बनाए ।
प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]