5 years ago
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमकाबच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवालले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका छन् ।

सहयोग प्राप्त गर्ने खेलाडीहरुमा ब्याडमिन्टनकी बिष्णा बिष्ट, हक्कीका नरबहादुर चन्द (हक्की) र एथ्लेटिक्सका रामेश्वरी महतो छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन् ।
कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो । बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो । यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाइराइड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।
राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था गरिएको छ । कल्याणकारी कोषले कम्तिमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाण पत्र प्राप्त राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ ।
यस बर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरुमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]