5 years ago
March 19, 2021
धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो । गोपीलाई नवजीवन अस्पताल बर्ष पुरुष खेलाडीबाट सम्मानित भए ।
गौरिकाले १३ औं सागमा ४ स्वर्ण,२ रजत र ३ कास्य जितेकी थिइन् । सागमामा सबैभन्दा बढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को कीर्तिमान पनि उनको नाममा छ । गोपीले १३ औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
भलिबलकी सरस्वती चौधरी बर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । सरस्वतीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरियो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । सरस्वतीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने गौरिकाले ४४ दशमलव ८५ र अन्जलीले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । नेपाली महिला टोलीले गत वर्ष बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण र १३ औं सागमा रजत पदक जित्दा सरस्वती टोलीकी सदस्य थिइन् ।
कुस्तीका राजेन्द्र चन्द बर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप बर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । उनको प्रशिक्षणमा १३ औं सागमा कुस्तीले पहिलो पटक स्वर्ण जितेको थियो । चन्द एक स्वर्ण सहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन् ।
कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पियन बनेका एथलेटिक्स खेलाडी तयार पार्ने कैलालीको गेटा निवासी भट्टलाई सम्मानित गरिएको हो ।
१३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भए । दुवैलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । अन्जलीले १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिईन् । उनले ह्याट्रिक सहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन् ।
त्यस्तै कुस्तीकी संगिता धामी निसर्ग अस्पताल बर्ष युवा खेलाडी घोषित भइन् । उनले १३ औं सागमा कुस्तीमा स्वर्ण पदक जितेकी थिइन् । नेपाललाई कुस्तीमा स्वर्ण पदक दिलाउने उनी पहिलो खेलाडी हन् । संगिताले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । उनले स्वदेशमा आयोजना भएका सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकीछिन् ।
ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । प्रिन्सलाई माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र सिवाङ्गीेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो ।
प्रिन्सले १३ औं सागमा दोहोरो रजत पदक जितेका थिए । त्यस्तै उनले जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ बर्ष मुनिमा कास्य पदक र अन्नपुर्ण अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका थिए ।
१३ औ सागको कुस्तीमा सिवाङ्गीले रजत पदक जितेकी थिइन् । उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन् । उनी राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा विजेता रहँदै आएकी छिन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]