default_image

5 years ago

April 1, 2021

श्रेष्ठ थ्री स्टारको प्रशिक्षक नियुक्त

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना पूर्व खेलाडी उर्जन श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबले प्रशिक्षक नियुक्त गरेको छ । थ्री स्टारका पूर्व रक्षक श्रेष्ठले मोफसलका प्रतियोगितामा टोलीको प्रशिक्षण सम्हाल्ने क्लबका अध्यक्ष अरुणमान जोशीले जानकारी दिए ।

श्रेष्ठसँग अर्को ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सम्हालेको अनुभव छ । श्रेष्ठको प्रशिक्षणमा थ्री स्टारले बिहीबार मकवानपुरमा जारी चौथो बागमती गोल्ड कप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लबको सामना गर्दैछ । त्यसपछि थ्री स्टार आहा रारा गोल्ड कप खेल्नका लागि पोखरा जानेछ ।

पोखरामा थ्री स्टारले चैत २४ गते अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । श्रेष्ठ एएफसी ए लाइन्स प्राप्त प्रशिक्षक हुन् ।थ्री स्टारलाई यसअघि मेघराज केसीले प्रशिक्षण दिदै आएका थिए । केसी अर्को महिना आयोजना हुने नेपाल सुपर लिगको सहभागी टोली चितवन एफसीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.