5 years ago
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापा मगरको कप्तानीमा लुम्बिनी प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।

ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ । लुम्बिनी गत पुसमा लमहीमा सन्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता सेमिफाइनल सम्म पुगेको थियो । यस प्रतियोगितामा प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका प्रदेश १, एपिएफ, लुम्बिनी र सुदूरपश्चिमसँगै ललितपुर ११ गरि पाँच टोली छन् । प्रतियोगिता लिगको आधारमा हुने छ ।
लुम्बिनीले पहिलो खेल चैत २२ मा ललितपुर ११ सँगै खेल्दै सुरुवात गर्ने छ । चैत २३ मा प्रदेश १ सँग खेल्ने छ । चैत २५ मा सुदूरपश्चिम चैत २६ मा एपिएफसँग खेल्ने छ । लिगमा शीर्ष दुईमा रहन सके चैत २८ मा फाइनल खेल्ने छ । गत प्रधानमन्त्री कप टोलीबाट लुम्बिनी एक खेलाडी परिवर्तन गरेको छ । गिता गोसाईको स्थानमा जिज्ञाशा थापालाई मौका दिएको छ ।
लुम्बिनी प्रदेशको टोली : नेरी थापा मगर (कप्तान), सरस्वती पुन (उपकप्तान) स्वस्तिका बजागाईं, सरिता जि.सी., सरस्वती घर्तीमगर, सर्मिला रोका मगर, लक्ष्मी चौधरी, मधु डिसी, कृतिका मरासिनी, नितु भण्डारी, एलिसा केसी, वर्षा राना र सुस्मिता भुषाल र जिज्ञाशा थापा ।
टिम प्रशिक्षक : सन्जु क्षेत्री
टिम ब्यवस्थापक : उमा अधिकारी
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]