5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्यामिपयनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ ।

कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ र्याफ्टिङ एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको अफिसियलहरुको बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णयका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
च्याम्पियनसिप त्रिसुली खोलामा आयोजना हुने छ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]